×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रिमियर इन्स्योरेन्स कम्पनीको ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला, न्यूनतम भाउ कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रिमियर इन्स्योरेन्स कम्पनीको ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला, न्यूनतम भाउ कति ?

Artha Sarokar

२ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको आज मंगलबारदेखि ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमा आएको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम भाउ ४०० रुपैयाँमा सो सेयर लिलामीमा ल्याएको हो । यसअघि लिलामी बिक्री खुला गर्दा आवेदन नपरेपछि कम्पनीले फेरि सो सेयर बिक्रीमा ल्याएको हो ।
यसमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम ५०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि कात्तिक १२ गतेसम्म आवेदन दिन सक्नेछन् भने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी