काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बाहिरबाट कच्चा पदार्थ ल्याउने वा आफ्नै कच्चा पदार्थबाट उत्पादन गर्ने उद्योगहरुलाई भारी छुट दिने सरकारको नीति भएको बताउनुभएको छ । शुक्रबार ललितपुरमा १४औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री शर्माले मुलुकमा उत्पादन वृद्धि गर्नका लागि कच्चा पदार्थमा आधारित उद्योगहरुलाई भारी छुट दिने नीति भएको बताउनुभएको हो ।
उहाँले उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर मात्र आत्मनिर्भर हुने धारणा राख्नुभयो । मुलुकमा उत्पादन भइरहेको बिद्युत खेर गइरहेको अवस्थामा पनि मुलुकमा उद्योगहरुको स्थापना र भएका उद्योगहरुको सहज सञ्चालन आवश्यक रहेको उहाले बताउनुभयो । उहाँले मुलुकमा उत्पादन वृद्धि नभएसम्म व्यापार घाटा न्युनिकरण हुन नसक्ने र गरिवी पनि घटाउन नसक्ने जिकिर गर्नुभयो । मन्त्री शर्माले उपत्यकाभित्र १२ वटा पार्क निर्माण गर्ने योजना रहेको जानकारी पनि दिनुभयो ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सुरु मेला कार्तिक १५ गतेसम्म ललितपुरको जावलाखेलमा चल्नेछ । प्रदर्शनीमा ४४ वटा व्यावसायिक र चार वटा सूचनामूलक गरी ४८ वटा स्टल रहेका छन् । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्