काठमाडौँ । भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेशनल लिमिटेडले उक्त रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवको पनि उपस्थीति रहेको थियो ।
भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको गरिएको हो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवले नेपाल र भारतीबीचको सम्वन्ध ऐतिहासिक रहेको बताउनुभयो । उहाले जयनगर–कुर्थाका साथै बर्दिबाससम्म पुराउने कार्यलाई तीव्रता दिइने जानकारी दिनुभयो । उहाले जयनगर–कुर्था खण्डमा छिटै रेल सञ्चालन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
त्यस्तै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल र भारतबीचको सहकार्यलाई सदैव निरन्तरता दिने बताउनुभयो । नेपालमा रेल सेवा विस्तारका लागि पनि भारतले सहयोग गर्ने उहाले प्रतिवद्धता जनाउनुभयो । भारत सरकारको आर्थिक सहयोग अन्तर्गत ८.७७ अर्ब रुपैंयामा निर्माण भएको ३४.९ किलोमिटर जयनगर–कुर्था खण्ड निर्माण भएको हो । जयनगर–कुर्था खण्डमा कूल ८ वटा स्टेशन र साना स्टेशन रहेका छन् । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्