काठमाडौँ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले कार्तिक १७ गते बुधबार वार्षिक साधारणसभा बोलाएको छ । हिजाे आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको अठारौं वार्षिक साधारणसभा कार्तिक १७ गते, बुधबार, कम्पनीको केन्द्रिय कार्यालय थापाथलीमा जुममार्फत बिहान ११ बजे बोलाएको हो ।
कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पारित गर्नेछ । साथै सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षण प्रतिवेदनसहितको आषाढ ३१, २०७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तिय विवरणहरु छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ का लागि बाह्य लेखा परीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछन् ।
यस्तै सभाले विगतका साधारणसभाबाटसमेत निर्णय गरे अनुरुप यस रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडलाई रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडमा गाभीने/समाहीत हुने (Merger) लगायत प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनका लागि कार्तिक ४ गते बिहीबार एक दिन बुक क्लाेज गर्ने निर्णय गरेकाे छ । जसअनुसार कार्तिक ३ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र लाभांशका लागि योग्य हुनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्