×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्तको २६.३२% लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम मौका, कात्तिक १३ गते हुँदैछ वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साधना लघुवित्तको २६.३२% लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम मौका, कात्तिक १३ गते हुँदैछ वार्षिक साधारणसभा

Artha Sarokar

२ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको २६.३२% लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभाका लागि कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुक क्लोज गर्ने भएकाले आजसम्म कम्पनीको सो लाभांश पाउन सेयरधनि बनीसक्नुपर्नेछ । आजसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
यता संस्थाले गत आर्थिक वर्षको वार्षिक साधारणसभा कात्तिक १३ गते होटल गोरखा बिसौनी, गोरखा नगरपालिका–६ मा बिहान ११ बजेदेखि गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५% बोनस सेयर र १.३२% नगद गरी कुल २६.३२% लाभांश वितरण गर्न लागेको हो । कम्पनीले सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह वितरण गर्नेलगायतका एजेन्डा पेश हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी