×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२६.३२% लाभांश पारित गर्न कात्तिक १३ गते हुँदैछ साधना लघुवित्तको साधारणसभा, यस्ता छन् छलफलका अन्य एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२६.३२% लाभांश पारित गर्न कात्तिक १३ गते हुँदैछ साधना लघुवित्तको साधारणसभा, यस्ता छन् छलफलका अन्य एजेन्डा

Artha Sarokar

७ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले कात्तिक १३ गते गत आर्थिक वर्षको वार्षिक साधारणसभा बोलाएको छ ।कम्पनीले सभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिका–६ मा बिहान ११ बजे बोलाएको हो ।
सभामा गत आर्थिक वर्षको नाफाबाट २५% बोनस सेयर र १.३२% नगद गरी कुल २६.३२% लाभांश वितरण गर्ने गर्ने मुख्य प्रस्ताव पेश हुनेछ भने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह वितरण पनि पेश हुनेछ ।
यस्तै अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेस गरिने कम्पनीले जनाएको छ । सभाका लागि कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुक क्लोज हुने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी