×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, यस्तो छ प्राधिकरणको उद्देश्य (भिडियो)

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । प्राधिकरणले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूकम्पपछिको पुनर्निर्माण र पुनसर््थापनामा नेपालले प्राप्त गरेको अनुभव र सिकाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको जनाएको हो ।
पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापना कार्यमा प्राप्त भएका अनुभव तथा सिकाइहरुले विपद्बाट सुरक्षित नेपाल बनाउने राष्ट्रिय लक्ष्य पूरा गर्ने आधार तयार भएको र सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ रहेको उहाले जानकारी दिनुभयो । ज्ञवालीले पुननिर्माण बाँकी हुन रहेका सम्पदा निर्माणमा गम्भीरतापूर्वक अघि बढेको बताउनुभयो । उहाले विनाशकारी भूकम्प गएको दुई महिनापछि भएको सम्मेलनपछि ३ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सम्झौता भएको जानकारी दिनुभयो । उहाले पुननिर्माणका लागि सरकार र बैदेशिक सहयोग गरि प्राप्त ४ सय ७० अर्व रकम मध्ये ३ सय ७१ अर्व अघिल्लो आर्थिक बर्षसम्म खर्च भएको र बाँकी रकम चालू र आगामी आर्थिक बर्षमा खर्च गरिने बताउनुभयो ।
सम्मेलनमा निजी आवास पुनर्निर्माण, साँस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमुलक प्रस्तुतिका साथै विषयगत गोष्ठीहरु समेत गर्ने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ । बिनासकारी भूकम्पपछि स्थापना भएको प्राधिकरणले करिब ६ वर्षपछि पुननिर्माणको बाँकी कार्यको जिम्मेवारी सम्बन्धित निकायहरुलाई हस्तान्तरण गरिसकेको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: