Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकको १७औँ साधारणसभा कात्तिक १६ गते हुने, १०.५२% लाभांशसहित यस्ता छन् पेस हुने एजेन्डाहरु

अर्थ सरोकार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारणसभा कात्तिक १६ गते हुने भएको छ । सभा बैंकले लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजे बोलाएको हो । बैंकले गत वर्षको नाफाबाट १०.५२% लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजाने भएको छ ।
बैंकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५२% नगद लाभांश वितरण गर्न लागेको हो  यस्तै अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेस हुनेछ ।
बैंकले सभाको लागि कात्तिक ५ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण लाभांश र सभामा सहभागी हुन कात्तिक ४ गते बिहीबारसम्म यस बैंकको सेयर खरिद गर्नुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK