×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q1 REPORT : सिद्धार्थ बैंकको नाफामा कमालको प्रगति, प्रतिसेयर आम्दानीसहित यी सूचकमा पनि आकर्षक वृद्धि !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

Q1 REPORT : सिद्धार्थ बैंकको नाफामा कमालको प्रगति, प्रतिसेयर आम्दानीसहित यी सूचकमा पनि आकर्षक वृद्धि !

Artha Sarokar

१४ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंकले ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ८९.५०% ले धेरै हो । नाफा गत वर्षको सोहि अवधिमा बैंकले ५० करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६९ पैसाले बढेर ३३ रुपैयाँ ६१ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ १३ पैसा रहेको छ । यस्तै बैंकको वितरणयोग्य नाफा २९ करोड ७८ लाख १० हजार रुपैयाँ छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.२५% ले बढेको छ भने सञ्चालन नाफा ८७.२७% ले बढेर १ अर्ब ३५ करोड ६३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अन्य स्रोतबाट हुने आम्दानी ३२७.९५% ले बढेर ३४ करोड ५५ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी