काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ६ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३ रुपैयाँ कायम गरेको छ ।