×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबारसम्म कायम रहने सेयरधनीले युनिलिभर नेपालको नगद लाभांश पाउने, कात्तिक ११ गते हुँदैछ २८औं साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइतबारसम्म कायम रहने सेयरधनीले युनिलिभर नेपालको नगद लाभांश पाउने, कात्तिक ११ गते हुँदैछ २८औं साधारणसभा

Artha Sarokar

२४ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको नगद लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । सभा र लाभांशको लागि कम्पनीले असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गर्ने हुनाले आजसम्म कायम सेयरधनीले सो लाभांश पाउने भएका हुन् ।
कम्पनीले गत वर्षको नाफाबाट प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको छ । त्यसका लागि कम्पनीले कात्तिक ११ गते २८औं वार्षिक साधारणसभा डाकेको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय सिटी स्क्वेयर बिल्डिङ्ग नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।
कम्पनीले भर्चुअल अर्थात् भिडियो कन्फ्रेन्स मार्फत सभा गर्न लागेको हो । सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्नेलगायतका एजेन्डा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी