×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपर तामाकोशी हाईड्रोपावरको १२औं र १३औं वार्षिक साधारणसभा सम्पन्न, पिपिए दर परिवर्तनका लागि अनुरोध

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

अपर तामाकोशी हाईड्रोपावरको १२औं र १३औं वार्षिक साधारणसभा सम्पन्न, पिपिए दर परिवर्तनका लागि अनुरोध

काठमाडौं । अपर तामाकोशी हाईड्रोपावरको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १२औं र १३औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । उक्त सभाले कम्पनीको २०७५÷७६ र २०७६÷७७ को लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ । यस्तै सभामा सेयरधनीहरुले कम्पनीको पिपिए दर परिवर्तनका लागि पनि कम्पनीलाई अनुरोध गरेका छन् । अपर तामाकोशी निर्माणका लागि सफल भएसँगै कम्पनीले १०६१ मेगावाट क्षमताको अपर अरुण जलविद्युत आयोजना निर्माण गर्ने कम्पनीका अध्यक्ष कुलमान घिसिङले बताए ।

साधारणसभामा राष्ट्रिय बीमा संस्थानको तर्फबाट अर्जुन पराजुलीले सेयरधनीहरुलाई प्रतिफल दिने हिसावले अगाडि बढ्न सुझाव दिएका छन् । उनले आयोजनाको ऋण र पूँजी संरचनामा पनि परिवर्तन गर्न सुझाव दिएका छन् । यस्तै ऋणदाताले राम्रो व्याजदर लिन खोज्ने र सेयरधनीहरुले कम्तिमा पनि बैंक व्याजदरभन्दा माथिको लाभांश लिन खोज्ने भएकाले दुबैलाई हित हुने गरी अगाडी बढ्न समेत सुझाव दिएका छन् ।

सभामा बोल्दै सेयरधनी दिनेश शिवाकोटीले अपर तामाकोशीको उच्च व्यवस्थापनले आयोजनाका खर्चहरु लुकाएको आरोप लगाएका छन् । कम्पनी भित्र चरम लापरबाही तथा भ्रष्टाचार भएकोले लागत अत्याधिक बढेको भन्दै आरोप लगाएका हुन् । सहभागीहरुले अवका दिनमा कम्पनीले लगानी गर्ने आफ्ना सहायक कम्पनीमा अहिले भोगेका समस्याबाट पाठ सिक्दै अगाडी बढ्न समेत सुझाव दिएका छन् ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ तथा अध्यक्ष घिसिङले आयोजनाको सुरुवाती लागत ३५ अर्बको अनुमान गरिएको र अहिले ८० अर्बभन्दा माथि नाघेको भन्दै भएका आलोचनाको खण्डन गरेका छन् । उनीहरुले आयोजनाको निर्माण कार्यमा भएको ढिलाई, भुकम्पका कारण भोग्नु परेको क्षति, डलरको भाउमा भएको बृद्धि र बैंक तथा ऋणताहरु सँग लिएको ऋणको व्याज पूँजीकरणले लागत बढ्न गएको भन्दै स्पष्टिकरण दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: