×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर विवादको अवस्था गुपचुप राख्ने विषय राम्रो नभएको भन्दै सार्वजनिक गर्न राजस्व कार्यालयलाई अर्थमन्त्री शर्माको निर्देशन (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कर विवादको अवस्था गुपचुप राख्ने विषय राम्रो नभएको भन्दै सार्वजनिक गर्न राजस्व कार्यालयलाई अर्थमन्त्री शर्माको निर्देशन (भिडियो)

Artha Sarokar

१ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले समग्र राजस्व प्रणालीमा सुधार गर्ने प्रयास भइरहेको बताउनुभएको छ । १०औं राष्ट्रिय कर दिवसको बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले मुलुकको आर्थिक बिकासको महत्वपूर्ण क्षेत्र रहेको राजस्व प्रणालीमा सुधार गर्ने प्रयास भइरहेको बताउनुभएको हो । उहाले कर विवादको अवस्था गुपचुप राख्ने विषय राम्रो नभएको भन्दै सार्वजनिक गर्न राजस्व कार्यालयलाई निर्देशन पनि दिनुभयो ।

पछिल्लो समय करतादाहरुको धेरै गुनासो आएको भन्दै त्यस्ता गुनासाहरु सम्बोधन गर्न छुट्टै इकाई स्थापना गरिने उहाले बताउनुभयो । पछिल्लो समय राज्य र जनता केन्द्रित नीति बनाउँदा कतिपय उद्योगी व्यवसायी व्यक्तिगत आक्षेप लगाउँदै शक्तिकेन्द्र धाउन थालेको भन्दै उहाले राष्ट्र र जनताको हित हुने निर्णयबाट पछि नहट्ने स्पष्ट पार्नुभयो । अनौपचारिक क्षेत्रको अर्थतन्त्रलाई औपचारीक क्षेत्रमा ल्याउन नीतिगत सुधार गरिने उहाको भनाई छ ।

कार्यक्रममा विभिन्न संस्था, कम्पनी र ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । कम्पनीतर्फ नेपाल टेलिकम सर्वाधिक कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । यस्तै बैंकिङ समूहमा सबैभन्दा बढी कर बुझाउनेमा नबिल बैंक परेको छ भने लघुवित्ततर्फ छिमेक लघुवित्त सम्मानित भएको छ । यस्तै व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा सिद्धार्थ शमशेर राणालाई सम्मान गरिएको छ । निर्यात उद्योगमा डाबर नेपालले सबैभन्दा बढी कर बुझाएर सम्मान पाएको छ ।

विशेष उद्योगमा सबैभन्दा बढी आयकर बुझाउनेमा एशियन पेन्ट्स परेको छ । कृषि तथा पशुजन्यमा पूर्वाञ्चल एग्रिटेक सम्मानित भएको छ । वस्तु व्यापारमा भाटभटेनी, अस्पतालमा नोबेल हस्पिटल, पर्यटनमा तारागाउँ रिजेन्सी र ऊर्जामा हिमाल पावरले बढी कर तिरेर सम्मानित भएका छन् । सबैभन्दा बढी कर दाखिला गर्नेमा सूर्य नेपालले सम्मान पाएको छ । भ्याट समयमा बुझाएर घोराही सिमेन्टले सम्मान पाएको छ । मध्यमस्तरको करदाता कार्यालयबाट सबैभन्दा बढी कर बुझाउने कर्जा सूचना केन्द्रले सम्मान पाएको छ । हेर्नुहोस् भिडियोः

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी