×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवल पावर कम्पनीद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ४६.१९ प्रतिशतले बढ्यो खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बुटवल पावर कम्पनीद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ४६.१९ प्रतिशतले बढ्यो खुद नाफा

Artha Sarokar

२८ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेके छ । कम्पनीले यस त्रैमासमा ७ करोड ५८ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको यसै अवधिको तुलनामा ४६.१९ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ५ करोड १८ लाख ५७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १९ करोड ३ लाख रुपैयाँबाट बढेर २० करोड ७६ लाख रुपैयाँ पुगेको छ । यस्तैगरी ब्याज आम्दानी ६८ लाख ७७ हजार रुपैयाँबाट बढेर २ करोड ६१ लाख ४ हजार रुपैयाँ पुगेको छ ।

यस्तै पहिलो त्रैमासमा इक्विटी सेयर पुँजी २ अर्ब ९५ करोड १३ लाख ६१ हजार रुपैयाँ रहेको छ भने अन्य इक्विटी ४ अर्ब १३ करोड ३८ लाख ३९ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ ७ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी