काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका हुन् । संस्थापक क्षितिज भुषलले आफ्नो नाममा रहेको ३५ सय ६३५.९९ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । उक्त सेयरमा सिटिजन्सकै संस्थापक सेयरधनीले न्यूतम २०४ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्ने भएका छन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले अबको ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पिथ काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।