काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड १८ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले खुद न अफा गत वर्षको सोहि अवधिको तुलनामा २०१.८८% ले बढेको जनाएको हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता बैंकको खुद ब्याज आम्दानी पनि ४२.८२% ले बढेर ७१ करोड ७ लाख ७९ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २०८४७% ले बढेर ४२ करोड ६४ लाख ७ हजार रुपैयाँ पुगेको छ ।
प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६८ पैसाले बढेर १३ रुपैयाँ ५१ पैसा पुगेको बैंकले जनाएको छ । यस्तै यस अवधिसम्म आउँदा बैंकको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ८८ पैसा रहेको छ ।