काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रलाई सहुलियत दिने सन्दर्भमा सरकार सचेत रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको जर्नल सार्वजनिक तथा पत्रकार सम्मान कार्यक्रममा मन्त्री शर्माले अर्थतन्त्रको पुनरुत्थान तथा आर्थिक विकासमा सार्वजनिक निजी क्षेत्रको साझेदारी तथा निजी क्षेत्रको सहभागिता महत्वपूर्ण रहँदै आएको भन्दै निजी क्षेत्रलाई सहुलियत दिने सन्दर्भमा सरकार सचेत रहेको बताउनुभएको हो ।
उहाँले निजी क्षेत्रलाई दिईने सहुलियतका क्षेत्रका बारेमा अध्ययनमा नै रहेको धारणा राख्नुभयो । अर्थमन्त्री शर्माले बजेट निकै सानो आकारको रहेपनि सामाजिक आर्थिक, पूर्वाधारका क्षेत्र, स्वास्थ्य शिक्षाको क्षेत्रको विकासका लागि अर्थतन्त्र विकासमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । विकासका लागि सरकारले निजी क्षेत्रलाई केही पाटो दिने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।
त्यस्तै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ५.९ प्रतिशतले विश्व अर्थतन्त्र विस्तार हुने प्रक्षेपण भइरहेको सन्दर्भ जोड्दै नेपालमा पनि कोभिडपछि अर्थतन्त्रमा राम्रो भइरहेको बताउनुभयो । गभर्नर अधिकारीले मूल्यवृद्धि ६.५ प्रतिशतमा रहने अनुमान गरिएको बताउँदै समग्र माग बढ्दा मूल्यवृद्धिमा चाप बढ्न सक्ने धारणा राख्नुभयो । गभर्नर अधिकारीले समग्र आर्थिक प्रणाली जोगाउन आफू प्रयासरत राष्ट्र बैंकले सक्दो प्रयास गरिरहेको समेत बताउनुभयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्