×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०.५३ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित फर्स्ट माइक्रोफाइनान्सले बिहिबार बोलायो वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK

१०.५३ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित फर्स्ट माइक्रोफाइनान्सले बिहिबार बोलायो वार्षिक साधारणसभा

१४ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले मंसिर १६ गते बिहिबार वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश हुनेछ । लाभांश वितरणको लागि कम्पनीलाई नियामक राष्ट्र बैंकले स्वीकृती पनि दिइसकेको छ ।

सभा आम्रपाली ब्यांकेट भाटभटेनी काठमाडौंमा बिहान ११ बजे हुने भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ मंसिर ४ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् । फर्स्टले हाल कायम चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँमा १० बोनस सेयर प्रस्ताव गरेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी