काठमाडौं । गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक प्राप्ति भई एकिकृत कारोवार सुरु भएको छ । आज मिति २०७८ कात्तिक २८ गते आइतवारको दिन एकिकृत कारोवार सुरु भएको हो । गरिमा विकास बैंकको केन्द्रिय कार्यालय काठमाडौंको लाजिम्पाटमा रहेको छ । सहारा विकास बैंकको केन्द्रिय कार्यालय सर्लाही जिल्ला मलंगवा वडा नं. ९ मा रहेको छ । प्राप्ति पश्चात विकास बैंकको जारी तथा चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १ सय ५ रुपैयाँ ८ पैसा पुग्नेछ । प्राप्ति पश्चात विकास बैंकको केन्द्रिय कार्यालय काठमाडौं महानगरपालिका वडा नं. २ लाजिम्पाटमा तथा एक्टेन्सन काउन्टर सहित १११ वटा शाखा कार्यालय हुनेछ ।
प्राप्ति प्रश्चात बैंकले सेयरधनी, सेवाग्राही, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवालाहरुको सन्तुष्टिमा गुणात्मक वृद्धि भई समाजमा बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ दरिलो बन्दै जाने विश्वास लिइएको छ ।
आज सर्लाही जिल्ला मलंगवामा आयोजित एकिकृत कारोवार शुभारम्भ समारोह प्रदेश २ महिला वालवालिका एवं युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले समुद्धघाटन गरेका हुन् । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने संचालक डा. आनन्द प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।
साविक सहारा विकास बैंक लिमिटेडका अध्यक्ष सुगन्ध कुमार गुप्ताले सम्पूर्ण सेयरधनी, कर्मचारी तथा सरोकारवाला लगायत सम्पूर्णको मद्दतले प्राप्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा सम्पूर्णमा धन्यबाद ज्ञापन गरेका थिए । अन्त्यमा विश्वास गर्ने सम्पूर्ण सेवाग्राही तथा सेयरधनीहरु, निरन्तर सहयोग उपलब्ध गराउने नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्टारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लिमिटेड लगायतका नियामक निकायहरु, बैकका हितमा अहोरात्र खटिरहने कर्मचारीहरु बैंकले प्रवाह गर्ने सेवा तथा सुविधाहरु जनता समक्ष पुयाई निरन्तर सहयोग पुर्याउने पत्रकार मित्रहरु तथा मैत्रीपूर्ण प्रतिष्पर्धा गरिरहेका सम्पूर्ण बैं तथा वित्तीय संस्थाहरु प्रति विगतमा जस्तै सहयोग तथा सुभेच्छाको कामना गर्दे हार्दिक कृतज्ञता प्रकट समेत गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्