×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंक लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गरिमा विकास बैंक लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

Artha Sarokar

२ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको हो । उक्त ऋणपत्र निष्कासन गर्नको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १ हजार रुपैयाँ दरको १० लाख कित्ता ‘८.७५ प्रतिशत गरिमा विकास बैंक डिबेन्चर २०८५’ जारी गर्न लागेको हो ।

यसमध्ये ४ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्ने भएका छन् । बाँकी ६ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

कम्पनीले १० लाख इकाई ऋणपत्र निष्कासनका लागि रेटिङ पनि सम्पन्न गरिसकेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले गरिमा विकास बैंकको ऋणपत्रलाई ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । साथै यस संस्थामा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी