काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । आईतबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार ८ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।