Skip to content
LAXMI SUNRISE BANK

बुधबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार ८ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK