काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको हो ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार १ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।