काठमाडौं । आज बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ४ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।