काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार पनि सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको हो ।
यता चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ७ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५० रुपैयाँ कायम गरेको छ ।