काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । मंगलबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ४ सय ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५० रुपैयाँ कायम गरेको छ ।