×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लघुवित्त वित्तीय संस्थाको खुद नाफामा ४१.४६ प्रतिशतको आकर्षक वृद्धि, प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गुराँस लघुवित्त वित्तीय संस्थाको खुद नाफामा ४१.४६ प्रतिशतको आकर्षक वृद्धि, प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ

Artha Sarokar

२८ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको भन्दा ४१.४६ प्रतिशतले बढी हो । गत वर्षको यसैअवधिमा कम्पनीले २२ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीले १ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन खुद ब्याज आम्दानी गत वर्षको भन्दा १८.३९ प्रतिशतले बढी हो । गत वर्षको यसैअवधिमा कम्प्नीले १ करोड ३६ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।

यता सञ्चालन नाफा पनि ४१.४२ प्रतिशतले बढाएर ४९ लाख ७१ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले ३५ करोड १५ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४४ पैसाले बढेर १५ रुपैयाँ १७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी