×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश पारित गर्ने विषेश प्रस्तावसहित गुराँस लाइफ इन्स्योरेन्सले मंसिर १० गते बोलायो वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लाभांश पारित गर्ने विषेश प्रस्तावसहित गुराँस लाइफ इन्स्योरेन्सले मंसिर १० गते बोलायो वार्षिक साधारणसभा

Artha Sarokar

७ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा मंसिर १० गते शनिबार हुने भएको हो । सभा कम्पनीको प्रधान कार्यालय श्री राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा गर्ने कम्पनीले जनाएको छ । सभाले कम्पनीको प्रस्तावित ५.७८ प्रतिशत लाभांश पारित गर्ने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी, अधिकृत पुँजी र जारी पुँजी बृद्धि हुने भएकाले सोही अनुरुप नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनको लागि कमपनीले कात्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म बुक क्लोज गरेको छ । यसअनुसार कात्तिक २२ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश तथा सभामा भाग लिन पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी