×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउँदै आएको हस्तकला क्षेत्रको विकास र प्रवर्द्वनका लागि सरकार प्रतिवद्ध छ’ : प्रधानमन्त्री देउवा (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

‘मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउँदै आएको हस्तकला क्षेत्रको विकास र प्रवर्द्वनका लागि सरकार प्रतिवद्ध छ’ : प्रधानमन्त्री देउवा (भिडियो)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकला क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारबाट काठमाडौंमा सुरु भएको १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउँदै आएको हस्तकला क्षेत्रको बिकास र प्रवद्र्धनका लागि प्रतिवद्ध रहेको बताउनुभएको हो ।

उहाँले हस्तकला निकासी गर्दै विदेशी मुद्राको आयआर्जनबाट मुलुकको आर्थिक घाटा न्युनिकरण हुने विश्वास गर्नुभयो । हस्तकला क्षेत्रमा देखिएको कर सम्बन्धी समस्यालाई सहजिकरण गर्ने उहाँले बताउनुभयो । उहाँले हस्तकला उद्योग नेपालको गरिमा र पहिचानको क्षेत्र भएकाले समयानुकल परिस्कृत गर्दै अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

मंसिर ५ गतेसम्म चल्ने मेलामा हस्तकला लगायत विभिन्न वस्तुको करिब एकसय २० स्टल रहेका छन् । मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत बिभिन्न विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृतसमेत गरिने महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले जानकारी दिनुभयो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: