×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भृकुटीमण्डपमा व्यापार मेला आयोजना हुँदै, एक लाख ५० हजार जोर जुत्ताचप्पलको कारोबार हुने अनुमान (भिडियो रिपोर्ट)

PRIME CA

भृकुटीमण्डपमा व्यापार मेला आयोजना हुँदै, एक लाख ५० हजार जोर जुत्ताचप्पलको कारोबार हुने अनुमान (भिडियो रिपोर्ट)

२३ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले यही कात्तिक २६ देखि मङ्सिर १३ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा व्यापार मेला आयोजना गर्ने भएको छ । स्वदेशी उत्पादनलाई प्रवद्र्धन, विकास तथा विस्तार गर्ने उद्देश्यले मेला गर्न लागिएको हो । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मेलाका संयोजक होमनाथ उपाध्यायले विभिन्न ३० वटा जुता चप्पल कम्पनीका ६० वटाभन्दा बढी बिक्री कक्ष राखिने जानकारी दिनुभयो ।

मेला अवधिमा उपभोक्तालाई केही छुट तथा सहुलियत उपलब्ध गराइने जनाइएको छ । करिब १० लाख दर्शकले अवलोकन गर्ने तथा एक लाख ५० हजार जोर जुत्ताचप्पलको कारोबार हुने अनुमान गरिएको उपाध्यायले बताउनुभयो । एसोसिएसनले मुलुकमा अर्थतन्त्रलाई गतिशील बनाउन र व्यावसायिक क्रियाकलापलाई सहज बनाउन आवश्यक नीतिनिर्माण गर्न सरकारलाई आग्रह गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: