काठमाडौं । कामना सेवा विकास बैंकको साधारणसभा आज मंगलबार कात्तिक २३ गते हसने भएको छ । सभा पार्क भिलेज रिसोर्ट बूढानीलकञ्ठ काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुने भएको हो । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेको छ ।
यसैगरी अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफारनोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने एजेण्डा पनि रहेको छ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेण्डा पनि छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १० गते बुक क्लोज गरेको छ । जसकारण कात्तिक ९ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभा भाग लिन र लाभांश पाउनेछन् ।