काठमाडौँ । कुमारी बैंकको किर्ते कागज उपर ऋण दिएको प्रकरणमा बैंकका कामु सीइओ अनुजमणि तिमिल्सीना र ऋण स्वीकृत गर्ने उपल्लो तहका कर्मचारीहरुलाई पक्राउ नगरी ‘हाकिमले भनेको मान्ने’ तल्लो तहका कर्मचारीहरुलाई पक्राउ गरेको भन्दै सीआइबीकै कामको चौतर्फी विरोध भईरहेका बेला ईञ्जिनियर पक्राउ गरेको विरोधमा नेपाल भ्यालुयर्स एशोसिएशनले मूल्यांकन कार्य देशभर रोकेको छ । एसोसिएसनका अध्यक्ष ऋषि कोइरालाले देशभर काम ठप्प पारिएको पुष्टी गरेका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले ‘आफ्नो दायित्व नभएको विषयमा इन्जिनियरहरुलाई बदनाम गराउने उद्देश्यले सीआइबीले भ्यालुअर्सलाई पक्राउ गरी गलत काम गरेको भन्दै त्यसको विरोधस्वरूप सबै तिर काम ठप्प पारिएको’ बताएका छन् ।



