×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको २१औँ वार्षिक साधारणसभा सम्पन्न : ८.६७% लाभांश पारित, चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख पुग्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कुमारी बैंकको २१औँ वार्षिक साधारणसभा सम्पन्न : ८.६७% लाभांश पारित, चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख पुग्ने

Artha Sarokar

१६ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कुमारी बैंक लिमिटेडको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा नक्सालस्थित नक्साल कार्यालयमा बैंकको सभा सम्पन्न भएको छ । उक्त सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७७/०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तनलगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।
सभाले सेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६% बोनस सेयर तथा बोनश सेयर वापत लाग्ने कर प्रयोजनाको लागिसमेत २.६७% बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस सेयर जारी पश्चात् बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ हुनेछ ।
आर्थिक वर्ष २०७७/७८ को मसान्तसम्म बैंकले कुल निक्षेप रु.१५७ अर्ब १७ करोड परिचालन तथा कुल कर्जा रकम रु. १४३ अर्ब ७७ करोड प्रवाह गरी संचालन मुनाफा रु.३ अर्ब १९ करोड तथा रु.१ अर्ब ९७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरी १९६ शाखा संजाल, १७५ एटिएम्, १४ एक्स्टेन्सन काउन्टरका साथै ३३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी