×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कात्तिक महिनामा लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नति कोषको प्रतिइकाई खुद सम्पति मूल्य बढ्यो, कसको कति ?

काठमाडौं । कात्तिक महिनामा आइपुग्दा इक्विटी फण्ड र लक्ष्मी उन्नति कोष दुबैको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुवैको न्याभ बढेको हो । लक्ष्मी इक्विटी फण्डको न्याभ १९ पैसाले बढेर १२ रुपैयाँ ४६ पैसा कायम भएको छ । असोजमा यस फण्डको न्याभ १२ रुपैयाँ २७ पैसा रहेको थियो ।  यस्तै कात्तिक मसान्तसम्ममा आइपुग्दा फण्डको सेयर बजारमा लगानी घटेको छ ।

१ महिनाको अवधिमा सेयर बजारमा लगानी  घटेर ९३ करोड ७९ लाख ६४ हजार रुपैयाँमा पुगेको छ । यस अवधिमा फण्डले विभिन्न म्युचुअल फण्डसहित ७७ वटा सूचीकृत कम्पनीको ३० लाख ११ हजार ४८९ कित्ता सेयर होल्ड गरेको छ । यस्तै कात्तिक मसान्तसम्म इक्विटी फन्डको कुल आय २५ करोड ५८ लाख रुपैयाँ छ ।

यता लक्ष्मी उन्नति कोषको न्याभ पनि १८ पैसाले बढेर १२ रुपैयाँ ५३ पैसा कायम भएको छ । असोजमा यसको न्याभ १२ रुपैयाँ ३५ पैसा रहेको थियो । सूचीकृत सेयरमा ५० करोड १२ लाख ११ हजार रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना भने ५१ करोड २४ लाख ६१ हजार रुपैयाँको सेयर लगानी रहेको थियो ।

लक्ष्मी उन्नति कोषको बैंक मौज्दात १७ करोड ८६ लाख रुपैयाँबाट बढेर २३ करोड २८ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा फण्डले विभिन्न म्युचुअल फण्डसहित कुल ५९ वटा सूचीकृत कम्पनीमा १७ लाख ९० हजार ७४ कित्ता सेयर होल्ड गरेको छ । यस्तै कात्तिक मसान्तसम्म कुल आय १६ करोड १९ हजार रुपैयाँ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: