काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा मंसिर १० गते शनिबार भएको हो । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । उक्त सभाले २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २० प्रतिशत बोनस सेयर र ७.३६ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ । यस्तै अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेण्डा पनि रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने भएको छ । सभा प्रयोजनको लागि कम्पनीले कात्तिक ३० गते बुक क्लोज गरिसकेको छ । तर्सथ कात्तिक २९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न र सभामा भाग लिन पाउनेछन् । सभा भिडियो कफ्रेन्सको माध्यमबाट सभामा भाग लिन सकिनेछ ।