×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यो वर्ष पनि भब्य तरिकाले तिहार मनाउन पाइने ! झिलिमिली बत्ती जति बालेपनि लाइन नजाने, यस्तो छ प्राधिकरणको योजना

PRIME CA

यो वर्ष पनि भब्य तरिकाले तिहार मनाउन पाइने ! झिलिमिली बत्ती जति बालेपनि लाइन नजाने, यस्तो छ प्राधिकरणको योजना

१६ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था नआउने जनाएको छ । प्राधिकरणले यो वर्ष तिहारको लक्ष्मी पूजाको दिन विद्युतको उच्च माग १५ सय मेगावाट हाराहारीमा रहने प्रक्षेपण गर्दै लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था नआउने जनाएको जनाएको हो ।
मंगलबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा जति उपकरण चलाए पनि समस्या नहुने बताउनुभयो । लक्ष्मी पूजाको दिन बढी विद्युत खपत हुने उद्योग धन्दा, कलकारखाना बन्द हुने हुँदा कुलेखानी जलाशयलाई भार नदिइकनै उच्च माग व्यवस्थापन गर्न सकिने उहाले बताउनुभयो । उहाँले अहिले प्रसारण प्रणालीमा जडित क्षमता २ हजार मेगावाट माथि रहेको र आन्तरिक उत्पादनले नै माग व्यवस्थापन गर्न सकिने जिकिर गर्नुभयो ।
उहाँले अहिले मिटरको सामान, ट्रान्फरमर, तार लगाएतका बस्तुको अभाव भएका कारण थप बिधुतिकरणका साथै मागेकै समयमा मिटर उपलव्ध गराउन नसकिएको बताउनुभयो । त्यस्तै उहाँले वितरण प्रणालीको सुधारका लागि चाँडै ३ हजार नयाँ ट्रान्सफर्मर खरिद गर्न लागिएको जानकारी दिनुभयो । प्राधिकरणले दुधकोशीलाई अघि बढाइसकेको, अपर अरुण पनि अघि बढाउने लगाएतका आयोजना बढाउने क्रममा रहेको उहाले बताउनुभयो ।
उहाले विद्युतको हिउँदको माग व्यवस्थापन गर्न जलाशय र अर्धजलाशय जलविद्युत आयोजनाको सन्तुलन मिलाउन आवश्यक रहेको र प्राधिकरण त्यसैमा केन्द्रीत रहेको पनि धारणा राख्नुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: