×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाद्धारा पहिलो त्रैमास वित्तीय विवरण सार्वजनिक, नाफामा ७३.९७ प्रतिशतको छलाङ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाद्धारा पहिलो त्रैमास वित्तीय विवरण सार्वजनिक, नाफामा ७३.९७ प्रतिशतको छलाङ

Artha Sarokar

२८ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा ४७ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको भन्दा ७३.९७ प्रतिशतले बढी हो । गत वर्षको यसैअवधिमा कम्पनीले २७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि ४८.३७ प्रतिशतले बढेर १ करोड ९४ लाख १० हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले १ करोड ३० लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।

यता कम्पनीको सञ्चालन आम्दानी भने ५० लाख १२ हजार रुपैयाँले नोक्सानमा छ । कम्पनीको खराब कर्जा ३.७३ प्रतिशतले बढेर ९.३३ प्रतिशत पुगेको छ । यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ०५ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी