×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिथिला लघुवित्त वित्तीय संस्थाद्धारा पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित, कमायो १ करोड ९९ लाख रुपैयाँ खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मिथिला लघुवित्त वित्तीय संस्थाद्धारा पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित, कमायो १ करोड ९९ लाख रुपैयाँ खुद नाफा

Artha Sarokar

२३ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको हो । पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले खुद नाफा १ करोड ९९ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्षको यसैअवधिमा १ करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्षको नाफा २६.३१ प्रतिशतले बढी हो ।

यस्तै कम्पनीले खुद ब्याज आम्दानी ३ करोड ३३ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्षको यसैअवधिमा २ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन थरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्षको खुद ब्याज आम्दानी ३०.२५ प्रतिशतले बढी हो । यसैगरी कम्पनीको सञ्चालन नाफा ९.९० प्रतिशतले बढेर २ करोड ३७ लाख १८ हजार रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ०३ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी