×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा सम्पन्न, प्रस्तावित १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा सम्पन्न, प्रस्तावित १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित

Artha Sarokar

२३ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीको विशेष साधारणसभा कात्र्तिक २३ गते मंगलबार अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो । कमलादी काठमाडौंमा सम्पन्न भएको विशेष साधारण सभाले प्रस्तावित १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । हकप्रद सेयर निष्कासन गरे पश्चात् क्यापिटलको पुँजि वृद्धि भई ४०.५० करोड पुग्नेछ ।

यस मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्कासन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ । कम्पनीले यस आर्थिक बर्ष देखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु तथा समेत संचालन गर्ने योजना रहेको जनाएको छ । त्यसैगरी यसै आर्थिक बर्ष भित्र मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रबद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना ब्यबस्थापक रहने गरी सामुहिक लगानी कोष संचालन गर्ने योजना समेत रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी