×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्स कम्पनीको १५.५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा, नपाउनेहरुले के गर्ने ?

GLOBAL IME BANK

नेको इन्स्योरेन्स कम्पनीको १५.५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा, नपाउनेहरुले के गर्ने ?

१२ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आफ्ना सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस सेयर पठाईदिएको छ । कम्पनीले गत असार १७ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा १५.५ प्रतिशत बोनस सेयर पठाइदिएको हो । त्यस्तै सो मितिपछि डिम्याट गर्नेहरुको हकमा पनि बोनस जम्मा गर्ने तयारी भइरहेको बैंकले जनाएको छ ।

अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । कम्पनीको असार ३१ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: