×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बिमा कम्पनीद्धारा चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ १७ पैसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल पुनर्बिमा कम्पनीद्धारा चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ १७ पैसा

Artha Sarokar

१३ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीद्धारा चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमास (चैत) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले चौथो त्रैमाससम्ममा निर्जीवन बिमा व्यवसायतर्फ १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने जीवन बिमातर्फ १५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

निर्जीवन व्यवसायबाट ८ अर्ब २३ करोड रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको छ र जीवन व्यवसायबाट १ अर्ब २० करोड रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको छ । निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा २ अर्ब ७१ करोड रुपैयाँ र जीवन बिमातर्फ ६३ करोड ८५ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । यस्तै बिमा कोषमा २ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ११ रुपैयाँ ६९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ १७ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी