×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने, दिउँसो २ बजे बोलकबोल हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने, दिउँसो २ बजे बोलकबोल हुने

Artha Sarokar

६ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले १४ अर्ब ८१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो । बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार (आज) दिउँसो २ बजे बोलकबोल हुने भएको छ । बैंकले ९१ दिनको लागि २ अर्ब २३ करोडको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी बिल फागुन १० गते परिपक्व हुने भएको छ ।

यस्तै १८२ दिनको लागि १२ अर्ब ४७ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो र यो ट्रेजरी बिल २०७९ साल जेठ १० गते परिपक्व हुने भएको छ । १ वर्षको लागि भने ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७९ मंसिर ६ गते परिपक्व हुने भएको छ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी