काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा मंसिर ५ गते हुने भएको हो । उक्त सभा धरान ब्याक्वेट एण्ड इभेन्ट म्यानजमेण्ट प्राली धरानमा हुने भएको छ । सभाले कम्पनीले प्रस्ताव गरेको गत आर्थिक वर्षको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने भएको छ ।
सभाले संस्थापक समूहको तर्फबाट चार जना र सर्वसाधारण समूह तर्फबाटको दुई जना सञ्चालहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले सेयरधनीदर्ता पुस्तिका कात्तिक २३ गते (एक दिन) बन्द गरेको थियो । यस आधारमा कात्तिक २२ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।