काठमाडौँ । एनआइसी एशिया बैंकले ‘पीडीत’ बनाएको भन्दै ग्राहक तथा ऋणीहरु संगठित भएका छन् । आइतबार नयाँ बानेश्वरमा बसेको ‘पीडीत’हरुको बैठकले ‘एनआइसी एशिया बैंक पीडीत समूह’ औपचारिक रुपमा गठन गरेका हुन् । हाल सो समूहलाई एस. कार्कीले नेतृत्व गरेका छन् भने ७ सदसीय कार्यसमितिसमेत चयन भएको छ । सो समूहले छिट्टै एनआइसी एशिया बैंकका पीडीतहरुलाई बैंकले दिएको पीडाकाबारे आवाज उठाउने, एनआइसी एशिया बैंकमा विभिन्न दबाबमूलक कार्यक्रम गर्ने, राष्ट्र बैंकमा बैंकले गरेका गलत कामहरुको पर्दाफास गर्ने लगायतका काम गर्नेगरी तयारी भएको संयोजक कार्कीले जानकारी दिए ।
‘एनआइसी एशिया बैंकले मनपरी ढंगले ब्याज बढाएको देखि, बैंकले आफ्नो सम्पत्ति अनुचित तरिकाले लिलाम गरेकोसम्मका पीडीतहरु भेटिएका छन् । कतिपयले आफ्नो परिचय गोप्य राख्न खोज्नुभएको छ भने कतिपय साथीहरु फ्रन्टलाईनमै आएर विरोध गर्न तयार भएर बस्नुभएको छ । हामी छिट्टै नै बैंकको मनपरी विरुद्ध चरणबद्ध विद्रोहको तयारी गरिरहेका छौं ।’ संयोजक कार्कीले अर्थ सरोकारसँग भने, ‘बैंकभित्रका कतिपय बेथितिका प्रमाण पनि जुटाईरहेका छौं । हामी इस्युअनुसार राष्ट्र बैंक, र मिडियामा पुग्नेछौं ।’ उनले भने । उनका अनुसार सो समूहमा एनआइसी एशिया बैंकले विविध खालका पीडा दिएका पीडीतहरु छन् ।
यस विषयमा छिट्टै बैंक, राष्ट्र बैंकलगायतलाई पनि जानकारी दिने र पत्रकार सम्मेलन गरेर आफ्ना कार्यक्रमहरु घोषणा गर्ने तयारी भएको संयोजक कार्कीको भनाई छ । पीडीत समूहले वकिलहरुबाट भोलुन्टर वकिलहरु तयार गरी बैंकले गरेको मनोमानीविरुद्ध कानुनी उपचारसमेत खोज्न सहयोग गर्नेसमेत कार्कीले बताएका छन् ।
सम्भवत: इतिहासमै पहिलोपटक यसरी कुनै बैंक लक्षित पीडीत समूह बनेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्