काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा २० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षकोभन्दा १७२.३० प्रशितले बढी हो ।
गत वर्ष कम्पनी २७ करोड ९२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि १७.३९ प्रतिशतले बढेर ५१ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले ४३ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत वर्ष २७ करोड ९२ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको कम्पनी यो त्रैमासमा १६६.९० प्रतिशतले सञ्चालन नाफा बढाउन सफल भएको छ । गत वर्ष १२.८९ प्रतिशत खराब कर्जा रहेको कम्पनीको यो त्रैमासमा घटेर ३.५९ प्रतिशतमा झरेको छ । यसत्ै कम्पनीको गत वर्ष १८ रुपैयाँ ६२ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले बढेर ४७ रुपैयाँ ६५ पैसा पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्