×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी, ४५ दिनमा नै १० रुपैयाँभन्दा बढिले वृद्धि (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी, ४५ दिनमा नै १० रुपैयाँभन्दा बढिले वृद्धि (भिडियो)

Artha Sarokar

२६ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सत्तारुढ दल निकट बिद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल आर्थिक पत्रकार संघले बिहीबार काठमाडौंमा आयोजना पेट्रोलियम पदार्थको बढ्दो मूल्य र यसको अर्थ राजनीति बिषयक अन्तक्र्रियामा उनीहरुले जनतालाई प्रत्यक्ष मर्कामा पर्ने गरि पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको भन्दै मूल्यबृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

कार्यक्रममा नेकपा एस निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शुक्रबार आयल निगमका महाप्रवन्धक लगायतका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाइने बताउनुभयो । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले इन्धनको मूल्य वृद्धि फिर्ता नलिए शसक्त आन्दोलन गर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तराष्ट्रिय मूल्य अनुसार नै नेपालमा मूल्य समायोजन गरेको र यसमा पनि निगम घाटामा रहेको बताउनुभयो ।

उहाँले अवको ६ महिनापछि पेट्रोलियम पदार्थको मूल्य अन्तराष्ट्रिय बजारमा घट्ने दावी गर्नुभयो । पौडेलले ४५ दिनमा नै १० रुपैया भन्दा बढि मूल्यबृद्धि भएर आएको तर्क गर्नुभयो । नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी