×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँचथर पावरद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १० करोड बढी नाफा गर्दा अन्य सूचकको अवस्था कस्तो ?

PRIME CA
GLOBAL IME BANK

पाँचथर पावरद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १० करोड बढी नाफा गर्दा अन्य सूचकको अवस्था कस्तो ?

२२ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पाँचथर पावर कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको े वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले पहिलो त्रैमासमा १० करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष यसैअवधिमा कम्पनीले ७ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । जुन यो गत वर्षको भन्दा यस वर्षको नाफा ४४.६५ प्रतिशतले धेरै हो ।

यसअवधिमा कम्पनीले विद्युत् बिक्रीबाट १६ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यसले विद्युत् बिक्रीबाट १४ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तैगरी कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी पनि ४ लाख २७ हजार रुपैयाँबाट बढेर १२ लाख ६ हजार रुपैयाँ पुगेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड ८० लाख रुपैयाँ रहेको छ । यस्तै प्रतिसेयर आम्दानी १० रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ०३ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: