काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र नयाँ पार्किङ शुल्क लागू भएको छ । आइएमएस एयरपोर्ट सर्भिसेज प्रालिले मंसिर १ गतेदेखि लागू हुने गरी नयाँ पार्किङ शुल्क तोकेको हो । नयाँ शुल्क अनुसार बस, ट्रक जस्ता ठूला सवारीसाधनले प्रतिघण्टा १२५ रुपैयाँ पार्किङ शुल्क बुझाउनु पर्नेछ भने प्रतिदिन ३ हजार रुपैयाँसम्म पार्किङ शुल्क बुझाउनु पर्नेछ । त्यसैगरी मिनीबस र माइक्रो जस्ता सावरी साधन पार्किङ गर्दा प्रतिघण्टा ७५ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ र प्रतिदिन १ हजार ८०० रुपैयाँसम्म शुल्क बुझाउनु पर्नेछ ।
यस्तै मोटरसाइकल/स्कुटर जस्ता दुईपाँग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ भने दिनभर पार्किङ गर्दा ६०० रुपैयाँसम्म तिर्नुपर्नेछ । त्यसैगरी कार, जिप, टेम्पो लिमोजिन जस्ता सवारी साधनहरुका लागि प्रतिघण्टा ५० रुपैयाँ र दिनभर पार्किङ गरेमा १ हजार २०० रुपैयाँ तिर्नुपर्ने गरी पार्किङ शुल्क निर्धारण गरेको छ ।