×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको वितरणयोग्य नाफामा ७३.३४% को छलाङ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्रभु बैंकको वितरणयोग्य नाफामा ७३.३४% को छलाङ

Artha Sarokar

१५ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंक लिमिटेडको नाफा घटेको छ । बैंकले खुद नाफा २५.१४% ले घटेर ६३ करोड ६३ लाख २१ हजार रुपैयाँमा सीमित भएको जनाएको हो ।
यो अवधिसम्म आउँदा बैंकको वितरणयोग्य नाफा भने ७३.३४५ ले बढेर ३० करोड ४४ लाख ३१ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी १६.०३% र सञ्चालन नाफा २९.४९% ले घटेको छ ।
यस्तै बैंकले निक्षेप संकलन र कर्जा लगानी भने क्रमशः २४.१३% र १९.३०% ले विस्तार गर्न सफल भएको छ । बैंकको प्रतिसेयर आम्दानी पनि १० रुपैयाँ ५३ पैसाले घटेर २२ रुपैयाँ ४३ पैसामा आएको छ भने प्रतिसेयर नेटवर्थ बढेर १५८ रुपैयाँ ४५ पैसा पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी