काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकसहित अन्य १९ बैंकहरुले सार्वजनिक गरेका छन् । राष्ट्र बैंकको हस्तक्षेपपछि बैंकहरुले इन्डस्ट्री एभरेज गरेर मुद्दति निक्षेपमा थोरैमात्र ब्याजदर बढाएका छन् । अधिकतम ब्याजदर सबैको एउटै रहेको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुने गरि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाएका हुन् ।
अधिकांश बैंकहरुले व्यक्तिगत मुद्दतीमा १०.०५ प्रतिशत ब्याजदर दिने जनाएका छन् । जसमा लक्ष्मी बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, एनएमबि बैंक, कुमारी बैंक, हिमालयन बैंक, सेन्चुरी बैंक, माछापुच्छ्रे बैंक, सिभिल बैंक, सानिमा बैंक, कृषि विकास बैंक, सनराइज बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक रहेका छन् ।
यस्तै नेपाल बङ्गलादेश बैंकले व्यक्तिगत मुद्दतीमा १०.२८ प्रतिशत ब्याजदर दिने भएको छ । मेगा बैंकले व्यक्तिगत मुद्दतीमा ९.९६ प्रतिशत ब्याजदर दिने भएको छ भने राष्ट्रिय वाणिज्य बैंकले ९.११ प्रतिशत र स्टान्डर्ड चार्टर्ड बैंकले ९.५० प्रतिशत ब्याजदर दिने भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्